दल

संघीयता र लोकतन्त्र रक्षाका निम्ति गठबन्धन गरियो: नारायणकाजी

इकागज |
बैशाख २१, २०७९ बुधवार २०:२९ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति पाँचदलीय गठबन्धन निर्माण भएको बताएका छन् । आज सङ्खुवासभाको मादीमा भएको जनसभालाई सम्बोधन गर्न आएका श्रेष्ठले प्रतिगमनको खतरा भएका कारण पनि गठबन्धन जरुरी भएको बताए । 

`पाँच दलीय गठबन्धन हाम्रो कामनाले, इच्छाले गरिएको गठबन्धन होइन`, उनले भने, `नेपालमा ६ दशक लामो सङ्घर्ष गरेर, जनयुद्ध र जनआन्दोलनको संयोजनमा ल्याइएको परिवर्तन र लोकतन्त्रलाई उल्ट्याउने कदम चालिन थालेपछि त्यो प्रतिगमनलाई असफल पार्न पाँचदलीय गठबन्धन गरिएको हो ।` 


नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको उनको भनाइ थियो । त्यस्तै चुनावीसभाका लागि आएका नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले केपी ओलीको निरङ्कुशताको विकल्पमा गठबन्धन गरिएको बताए । 


Author

थप समाचार
x