दल

स्थानीय तह निर्वाचन

काठमाडौँमा सिर्जना सिंहको चुनावी सभा : बाबुराम र नारायणकाजीले सम्बोधन गर्ने

इकागज |
बैशाख २२, २०७९ बिहीबार ९:३० बजे

काठमाडौँ – स्थानीय तहको निर्वाचन आउन केही दिनमात्रै बाँकी रहदा उम्मेदवारहरूले प्रचार–प्रसारलाई तीब्रता दिएका छन् । मतदाता रिझाउन उम्मेदवारहरू घरदैलो गरिरहेका छन् । 

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी नेपाली काँग्रेसकी नेतृ सिर्जन सिंह पनि चुनाव प्रचारमा केन्द्रित छन् । आज हुने चुनावी सभालाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पनि सम्बोधन गर्ने भएका छन् ।


उता चितवनमा पनि आज गठबन्धनको संयुक्त चुनावी सभा हुँदैछ । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 


Author

थप समाचार
x