दल

जगन्नाथ पौडेललाई फकाउन पुगेका रामचन्द्र पौडेलले पाएनन् सकारात्मक प्रतिक्रिया

इकागज |
बैशाख २२, २०७९ १०:४० बजे

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सत्ता गठबन्धनका संयोजक रामचन्द्र पौडेल भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन भरतपुर पुगेका छन् । 

वरिष्ठ नेता पौडेलले जगन्नाथ पौडेल, कृष्णलाल सापकोटा र मीरा खरेललाई भरतपुर लायन्स चोकमा रहेको कांग्रेसका सांसद एवं व्यवसायी उमेश श्रेष्ठको सिराइचुली होटलमा भेटेर कुराकानी गरेका थिए । सापकोटा र खरेल मेयरका उम्मेदवार पौडेलका प्रस्तावक र समर्थक हुन् । पौडेलसहित तीनै जनाको विद्रोही उम्मेदवार एवं उम्मेदवारको प्रस्तावक र समर्थक बनेको भन्दै कांग्रेसले क्रियाशील सदस्यता खारेज गरिसकेको छ । 


भेटमा पौडेल, सापकोटा र खरेलले रेणु दाहाललाई पनि सँगै राखेर छलफल गर्न पाएको भए समाधान निस्कन्थ्यो कि भनेर उनलाई पनि बोलाउन वरिष्ठ नेता पौडेललाई आग्रह गरेका थिए । गठबन्धन सफल भएर संघ र प्रदेशको निर्वाचनमा समेत अनुकुल परिणाम आए गठबन्धनले वरिष्ठ नेता पौडेललाई राष्ट्रपति बनाउने चर्चा छ । 
 



Author

थप समाचार
ad
x