दल

चितवनका कांग्रेसीले प्रचण्डलाई भने, ‘हाम्रो सभापति सोझो हुनुहुन्छ, फेरि धोका नदिनुहोला’

इकागज |
बैशाख २२, २०७९ बिहीबार १४:१० बजे

भरतपुर – सत्ता गठबन्धनको भरतपुरमा जारी आमसभाका क्रममा चितवन जिल्लाका कांग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  'प्रचण्ड'लाई साक्षी राखेर अब कांग्रेसलाई धोका नदिन आग्रह गरेका छन् । 

‘हामी चितवनमा गठबन्धनलाई विजयी गराउँछौं, त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने, ‘हाम्रो सभापति सोझो हुनुहुन्छ । जे बोल्यो, त्यो गर्नुहुन्छ । अब धोका नदिनुहोला ।’ 


उनले अघिल्लो संघीय र प्रदेशसभा निर्वाचनमा माओवादीले कांग्रेसँगको गठबन्धन छाडेर एमालेसँग मिलेको संकेत गर्दै उनले त्यस्तो धोखाधडी गर्न नपाइने बताएका हुन् । उनले पदप्राप्ति भैसकेपछि गठबन्धनप्रति विगतमा प्रतिवद्धता नदेखिएकाले आम कार्यकर्ता ढुक्क हुन नसक्ने स्थिति आएको बताए । 
 


Author

थप समाचार
x