दल

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन: वरिष्ठ नेता पौडेल

इकागज |
बैशाख २२, २०७९ बिहीबार १६:३३ बजे

फाइल फोटो

चितवन - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा एमाले० भएको बताएका छन् । 

आज चितवनमा आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उनले नेकपा माओवादी केन्द्र कांग्रेसको प्रतिस्पर्धी नभएको बताएका हुन् । `माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्यकता छ`, उनले भने, `पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला मैले गठबन्धनको प्रस्ताव गरेको हुँ ।` 


वरिष्ठ नेता पौडेलले एमालेसहितका दलका गठबन्धन प्रतिक्रियावादी भएको आरोप लगाउँदै आफूहरूको गठबन्धनलाई प्रगतिशील भएको बताए । `संविधानले नै गठबन्धनबाट सरकार बनाउन सक्ने गरी व्यवस्था गरेको छ`, उनले भने, `अरुसँग गठबन्धन गर्नुभन्दा माओवादीसहितका दलहरूसँग गठबन्धन गर्नु उपयुक्त हुन्छ ।` 

वरिष्ठ नेता पौडेलले गठबन्धनका कारण सङ्घीय र प्रदेशमा सरकार बनेको भन्दै स्थानीय तहमा पनि गठबन्धनले जित्नुपर्नेमा जोड दिए ।  उनले संसदीय निर्वाचनसम्म पनि गठबन्धन हुने दाबी पनि गरे । 


Author

थप समाचार
x