दल

८२ प्रतिशत मत लिएर सभापति जितेको देउवाको दाबी

इकागज |
बैशाख २२, २०७९ बिहीबार १७:४८ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा ८२ प्रतिशत मत लिएर सभापति जितेको दाबी गरेका छन् । नेपाली जनताले गठबन्धनलाई समर्थन गरेर यत्रो मत दिएको उनले दाबी गरेका हुन् । 

आज भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा बोल्दै उनले गठबन्धनप्रति मेचीमहाकालीका जनताको भरोसा भएर नै पार्टीका साथी लागेर सभापति जितेको बताए । 


उनले भने,  `नेपाली जनता र तिनका प्रतिनिधिले दुई तिहाईभन्दा बढी भोटले जिताउनुभयो । यो स्पष्ट हुन्छ, नेपाली जनता गठबन्धनप्रति विश्वस्त भएर मैले जितेको हुँ ।`

सभापति देउवाले चितवन कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । 


Author

थप समाचार
x