दल

भरतपुरमा रेणुलाई जिताए गठबन्धन अझै १०-२० वर्ष टिक्छः देउवा

इकागज |
बैशाख २२, २०७९ बिहीबार १८:५ बजे

काठमाडौँ - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरकी मेयर रेणु दाहालले यसअघिको कार्यकालमा महत्वपूर्ण काम गरेको भन्दै गठबन्धनका पक्षमा लाग्न आग्रह गरेका छन् । 

आज भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा बोल्दै देउवाले रेणुले जिते अझै १०-२० वर्ष गठबन्धन कायमै रहने बताएका छन् । उनले रेणुले जितिसकेकोले पार्टीका केही साथीले बखेडा गर्न आवश्यक नरहेको बताए । 


सभापति देउवाले चितवन कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न निर्देशनसमेत दिए । उनले जोड दिँदै भने, `चितवनका साथीहरुको कर्तव्य छ । रेणु दाहाललाई सहयोग गर्नुपर्छ ।` रेणुको कार्यकालमा भरतपुरको विकास भएको भन्दै उनले भने, `ठाउँठाउँमा कालोपत्रे भएको छ । यहाँको भाउ बढेको छ । स्मार्टसिटी बनाउने भन्नुभएको छ ।`

भरतपुरमै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अन्तर्राष्ट्रियस्तरको सभाहल र विमानस्थल दाहालको पहलमा बन्न लागेको भन्दै उनले विकासप्रेमी नेतालाई जिताउनुपर्नेमा जोड दिए । 

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई अघि सारेको छ । 


Author

थप समाचार
x