दल

नेपाली जनताको आशाको केन्द्र एमाले हो: ओली

इकागज |
बैशाख २२, २०७९ बिहीबार १८:१३ बजे

फाइल फोटो

कैलाली - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको आशाको केन्द्र एमाले नै भएको दाबी गरेका छन् । 

कैलालीको बर्दगोरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरे । 


विकास र समृद्धिका कुरामा बढी समय खर्चनुभएका ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको बताए । 

आफूहरू प्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले दाबी गरे । रासस


Author

थप समाचार
x