दल

‘मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन’

इकागज |
बैशाख २२, २०७९ बिहीबार १९:४८ बजे

फाइल फोटो

परासी - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । उनले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको स्पष्ट पारे । 

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता शर्माले समाजको हितलाई सम्झेर स्थानीय निर्वाचनमा मतदान गर्न आग्रह गरे । `मतदान गर्दा आफू, परिवार, समाज र नगरको हितलाई केन्द्रमा राखौँ, योग्य उम्मेदवारलाई नगरको साँचो सुम्पिऔँ`, उनले भने । 


माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले स्थानीय सरकारको अनुभूतिका लागि गठबन्धन बनाइएको बताए । अघिल्लो स्थानीय तह निर्वाचनबाट जनअपेक्षा पूर्ण हुन नसकेको उनको भनाइ थियो ।  रासस


Author

थप समाचार
x