दल

पाँच दलीय गठबन्धन केही नेताको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण : डा भट्टराई

इकागज |
बैशाख २३, २०७९ शुक्रबार ८:१८ बजे

काठमाडौँ- जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमाेर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएको छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संसयपूर्ण अभिव्यक्ति दिएका हुन् ।


'सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता-कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन् !लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं१कुनै आकाश खस्दैन,' उनले ट्वीट गरेका छन् ।  


Author

थप समाचार
x