दल

धुलिखेलको मेयरमा स्वतन्त्र उम्मेदवार बस्नेतको अग्रता, १०५ मतान्तरले पछि परे एमालेका ब्याञ्जु

इकागज |
बैशाख ३१, २०७९ शनिबार १०:५८ बजे

काभ्रे- काभ्रेपलाञ्‍चोकको धुलिखेल नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन् । बस्नेतले ५७२ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले ४६७ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवारले ५८७ र एमाले उम्मेदवारले ४८२ मत पाएका छन् ।


यसैबीच लिखेल नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा निर्वाचित भएका छन् । लामा ५७३ मत ल्याएर विजयी भएका हुन् ।

लामाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बाबु लामाले ४६७ मत पाएका छन् । 


Author

थप समाचार
x