दल

चौताराको मत परिणाम : माओवादीलाई उछिन्दै एमालेको अग्रता

इकागज |
बैशाख ३१, २०७९ शनिवार १३:४० बजे

काठमाडौँ- ​सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ६ सय मत गणना गर्दा एमालेका मेयर उम्मेदवार इन्द्र नेपालले १८५ मत पाएका छन् ।

माओवादीका मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटाले १८० मत पाएका छन् । यसअघि माओवादीका सापकोटाकव अग्रता थियो ।


त्यस्तै कांग्रेसका उम्मेदवार केशवराज गिरीले १५० मत ल्याएका छन् ।

उपमेयरमा नेकपा समाजवादीकी सीता थापाले १५२ मत पाएकी छन् भने एमालेकी बालकुमारी सापकोटाले १९३ मत पाएकी छन् । त्यस्तै कांग्रेसकी तुल्सी कुमारी श्रेष्ठले १५५ मत पाएकी छिन् । मत गणना जारी छ ।
 


Author

थप समाचार
x