दल

स्थानीय तह निर्वाचन : कैलालीमा रेशम चौधरीकाे पार्टीकाे कस्ताे छ अवस्था ?

इकागज |
बैशाख ३१, २०७९ शनिबार १८:३३ बजे

काठमाडाैँ –  जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले कैलालीको टीकापुर नगरपालिकामा अग्रता कायमै राखेको छ ।

टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको हाे ।


शनिवार साँझ ६ बजेसम्मको मतगणनाअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल डंगौरा थारु दोब्बर बढी मतले अगाडि छन् ।

नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार डगौरा थारुले ५८८ र उपमेयर पदका उम्मेदवार उल्कादेवी विकले ५०१ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा नेकपा एमाले छ । एमालेबाट मेयर पदका उम्मेदवार श्याम खत्रीले २६७ मत र उपमेयर उपमा केसीले १९० मत प्राप्त गरेका छन् । 

तेस्रो स्थानमा रहेको गठबन्धन रहेकाे छ ।  गठबन्धनतर्फबाट कांग्रेसका मेयर पदका उम्मेदवार नवराज रावलले २१९ मत र  गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार खडक शाहले २१३ मत प्राप्त गरेका छन् ।

कैलालीका १३ वटै स्थानीय तहमा उक्त पार्टीबाट उम्मेदवारी परेकाे हाे। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा उक्त नागरिक उन्मुक्ति पार्टी दर्ता भएको हाे ।


Author

थप समाचार
x