दल

काठमाडौँमा बालेन अघिअघि, केशव पछिपछि, सिर्जना तेस्रो

इकागज |
बैशाख ३१, २०७९ शनिबार २१:३२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायमै राखेका छन् । शाहले ६३३ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५२६ मत पाएका छन् ।


कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३३५ मत पाएकी छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२, राप्रपाका मदनदास श्रेष्ठले ६८ र विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १३ मत पाएकी छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ६०२ मत पाएकी छिन् ।

नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १२६ मतमात्रै पाएका छन् । राप्रपाकी विनिता मगैयाले १२६ मत पाएका छन् ।


Author

थप समाचार
x