रेणुले बढाउँदै मतान्तर
चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहाल फेरि अघि लागेकी छिन् । उनले ९ सय ८० मत प्राप्त गरेकी छिन् ।
दुई हजार ५ सय ८१ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले ९ सय ८० मत ल्याएकी छिन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८ सय ७१ ल्याएका छन् । हाल महानगर १ मा मतगणना भइरहेको छ ।
अहिले तीन वटा मतगणना केन्द्रबाट गणना भइरहेकाे छ ।
यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।
महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।
भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया