दल

भरतपुरमा रेणु अघि लागिन्, विजय पछि पर्दै

इकागज |
जेठ १, २०७९ आइतवार ७:३४ बजे

चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहालले १ हजार १ सय ५ मत प्राप्त गरेकी छिन् । दुई हजार ९ सय ३८  मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ हजार १ सय ५ मत ल्याएकी छिन् ।

एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ७ मत  ल्याएका छन् । वडा १ मा ५ हजार ७४ मतदाता रहेका छन् । ३२७७ ले मतदान गरेका थिए ।


अहिले तीन वटा केन्द्रबाट गणना भइरहेकाे छ ।

यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे ।

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।

महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।

भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । 


Author

थप समाचार
x