दल

काठमाडौँमा बालेनले कटाए दुई हजार मत, मेयर र उपमेयरमा कसले कति ल्याए ?

इकागज |
जेठ १, २०७९ आइतबार ९:३६ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । शाहले २०७१ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११६४ मत पाएका छन् ।


कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १००६ मत पाएकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १६५ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले २ हजार मत पाएकी छन् । नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत पाएका छन् । त्यस्तै राप्रपाकी बिनिता मगैयाले ५१३ मत पाएकी छन् । मत गणना जारी छ ।


Author

थप समाचार
x