दल

बाबुराम भट्टराईको गृहनगरमा माओवादीको अग्रता

इकागज |
जेठ १, २०७९ आइतबार १३:३ बजे

काठमाडौँ- जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीका मेयरका उम्मेदवार विवश चिन्तनले १७६६ मत पाएका छन् ।

दोस्रोमा जसपाका मेयर उम्मेदवार प्रेम बहादुर गुरुङले १५१२ मत पाएका छन् । कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले १४८५ मत पाएका छन् ।


त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले १३९९ मत पाएकी छन् । त्यस्तै माओवादी केन्द्रकी उपमेयर उम्मेदवार बन्दना पाण्डेले १८३४ मत पाएकी छन् भने एमाले उम्मेदवार पार्वती पाठकले ७०१ मत पाएकी छन् । हाल मत गणना जारी छ ।

यो जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृह नगर हो ।


Author

थप समाचार
x