दल

अपीहिमालमा एमालेमाथि माओवादीको बदला

इकागज |
जेठ १, २०७९ आइतबार १३:४५ बजे

काठमाडौँ- दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) निर्वाचित भएका छन् । ठेकरेले २ हजार ३ सय ४ भोट प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार धर्मानन्दसिंह मन्यालले १ हजार ३ सय ८५ मत पाएका छन् ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएकी छन् । देवकीदेवीले २ हजार २७ मत ल्याएकी छन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याएकी छन् ।


२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ठेकरेलाई हराउँदै मन्याल निर्वाचित भएका थिए ।


Author

थप समाचार
x