दल

थवाङ गाउँपालिकामा कांग्रेस–एमाले–विप्लव गठबन्धनलाई हराउँदै माओवादीका बुढामगर निर्वाचित

इकागज |
जेठ १, २०७९ आइतबार १५:३५ बजे

काठमाडौँ- रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले हराउँदै  बुढामगर निर्वाचित भएका हुन् ।

बुढामगरले २१२२ मत पाए भने रोकामगरले १५०५ मत पाएका छन् ।


त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२ मत ल्याएर विजयी भइन् । कांग्रेस–एमाले र स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७मत पाएका छन् ।

थवाङमा कांग्रेस, एमाले र स्वतन्त्रको गठबन्धन भएको थियो ।


Author

थप समाचार
x