दल

लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा माओवादीका मेजरकुमार राई विजयी

इकागज |
जेठ १, २०७९ आइतबार १५:४० बजे

काठमाडौँ- उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजरकुमार राई निर्वाचित भएका छन् । राईले २ हजार ५१ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार राईलाई हराए । राजकुमारले १ हजार ५८९ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित भएका छन् । उनले एक हजार ९३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी देव कुमारी कार्कीले एक हजार ७३ मत पाइन् ।



Author

थप समाचार
x