दल

नौगाड गाउँपालिका अध्यक्षमा माओवादीका धामी निर्वाचित

इकागज |
जेठ १, २०७९ आइतबार १५:५३ बजे

काठमाडौँ- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् । धामीले ३ हजार ५ सय ८९ मत पाएर निर्वाचित भएका छन् । धामीको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीले तीन हजार १ सय ९१ मत ल्याएका छन् । 

त्यस्तै उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् । ठगुन्नाले तीन हजार ७ सय ६७ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेकी गौरिदेवी ठगुन्ना २ हजार ८ सय ६७ मत ल्याएकी थिइन् ।


यो गाउँपालिकामा माओवादी र कांग्रेसको गठबन्धन भएको हो ।


Author

थप समाचार
x