दल

३२ पालिकाको मत गणना सकियो : कुन पालिकामा कसले जिते ? (सूचीसहित)

इकागज |
जेठ १, २०७९ आइतवार १७:१३ बजे

काठमाडौँ- स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न स्थानीय तहको मतगणना भइरहेको छ । केहीमा भने अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम नतिजा सार्वजनिक भएका ३२ पालिकामध्ये नेकपा एमालेले १३ र नेपाली कांग्रेसले ९ पालिकामा जित हात पारेका छन् । यस्तै नेकपा माओवादीले ८ पालिका र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेका छन् ।

नेकपा एमाले जितेको पालिकाहरू
- मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले
- मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले
- मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ
- मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ
- डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ
- सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा
- बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा
- नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा
- बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया
- मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
- म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
- तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ


नेपाली कांग्रेस जितेको पालिकाहरू
- मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा
- मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ
- मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन
- गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी
- गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की
- गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा
- डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद
- हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल
- बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा

नेकपा माओवादी केन्द्रले जितेको पालिकाहरू
- डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय
- दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
- बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
- उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
- रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
- खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
- दार्चुलाको नौगाड गाउँपालिका : अध्यक्षमा दलजितसिंह धामी
- दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्ष : भगतसिंह ठेकरे (बोहरा)

नेकपा एकीकृत समाजवादी जितेका पालिकाहरू
- डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ
- डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना


Author

थप समाचार
x