दल

काठमाडौँमा बालेनले झन्‌झन्‌ बढाए अग्रता, २६ सय मतले पछि परे स्थापित

इकागज |
जेठ २, २०७९ सोमबार ७:४५ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । शाहले लौरो चिन्हबाट ५६६५ मत ल्याएका छन् ।

हालसम्म नेकपा एमालेका केशव स्थापितले ३०४६ मत पाएका छन् ।


नेपाली कांग्रेसकी सिर्जना सिंहले २६४० मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी उपमेयरमा भने एमालेकी सुनिता डंगोलले ३५९१ मत पाएकी छिन् । त्यस्तै नेकपा (एकिकृत समाजवादी)का रामेश्‍वर श्रेष्ठ १०२७ मत पाएका छन् । हाल मत गणना जारी छ । काठमाडौँ सत्ता गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भएको हो ।


Author

थप समाचार
x