दल

अघिल्लो चुनावमा अध्यक्ष र उपाध्यक्ष जितेको मालिकामा अहिले वडा सदस्यसमेत जितेन एमालेले

मालिका गाउँपालिका अध्यक्षमा माओवादीका अर्याल निर्वाचित

इकागज |
जेठ ३, २०७९ मगलवार ६:२३ बजे

गुल्मी- जिल्लाको मालिका गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित माओवादीका अर्यालले ६ हजार १७६ मत ल्याएका छन् । अर्यालको निकटतम प्रतिस्पर्धी एमालेका रीतबहादुर थापाले ४ हजार ६१७ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका उपेन्द्र अर्याल निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसका अर्यालले ६ हजार ३३४ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकै रनमाया पुनले ४ हजार ६९२ मत पाएकी छन् ।


एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो । यो पटक भने एमालेले वडामा सदस्यसमेत जित्न सकेन ।


Author

थप समाचार
x