राजनीति

जो बादी समुदायबाट बने पहिलो मेयर

लक्ष्मी भण्डारी |
जेठ ४, २०७९ बुधबार १७:३४ बजे

सुर्खेत – रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बादी समुदायका व्यक्तित्व मेयरमा विजयी भएका छन् । नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार पुष्प बादी मेयरमा विजयी भएका हुन् । नेपाली  कांग्रेस –एमालेको गठबन्धनलाई तोड्दै माओवादीका पुष्प वादी मेयरमा जित हासिल गरेका हुन् ।

प्रमुखमा विजयी वादीले ६ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत पाए । बादी समुदायबाट मेयरको नेतृत्व गर्ने पुष्प पहिलो मेयर हुन् जसले नगरपालिका हाक्दैछन् ।


आफ्नो समुदायको व्यक्ति नेतृत्वमा पुगेपछि बादी समुदायहरु खुसी प्रकट गरेका छन् । यस्तै उपप्रमुखमा पनि माओवादीकै इश्वरी शर्मा विजयी भएकी छन् । उपप्रमुखमा निर्वाचित शर्माले ७ हजार २ मत पाएर विजयी भएकी  हुन् । एमालेका टंकप्रसाद ओलीले ५ हजार ७ सय ४४ मत पाए ।  नगरपालिकाका १४ वटा वडाहरुमध्ये १२ वटा माओवादी र दुई वटा काँग्रेसले जितेको छ ।


Author

थप समाचार
x