राजनीति

कृष्णनगरमा काङ्ग्रेस उम्मेदवार बिजयी

इकागज |
जेठ ६, २०७९ शुक्रबार १६:३८ बजे

बुटवल । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा रजत प्रताप शाह र उपमेयरमा आरतीदेवी चौधरी निर्वाचित भएका हुन् ।

शाहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक रजौरियाले ४ हजार १ सय १२ मत ल्याए । शाहले २०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा नगर प्रमुख जितेका थिए ।


त्यसैगरी उपमेयरमा कांग्रेसकी चौधरीले ५ हजार ६ सय ९१ मत ल्याउँदा जनता समाजवादी पार्टीकी आरती सिंह यादवले ३ हजार २ सय ८२ मत ल्याइन् ।


Author

थप समाचार
x