राजनीति

पवित्रा बनिन् बिर्तामोडको पहिलो महिला मेयर

इकागज |
जेठ ६, २०७९ शुक्रवार १७:१२ बजे

काठमाडौँ- नेकपा एमालेबाट उम्मेदवार बनेकी पवित्रा महतारा झापा बिर्तामोड नगरपालिकाको पहिलो महिला मेयर बनेकी छिन् । १६ हजार ५२० मत ल्याउँदै उनी निर्वाचित भएकी हुन् । महताराले अघिल्लो कार्यकालकी उपमेयरको रूपमा बिताइसकेकी छिन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट कांग्रेसका भोजराज सिटौलाले भने १२ हजार ७६२ मत ल्याएका छन् । 

त्यस्तै, उपमेयरमा पनि एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका छन् । उनले १५ हजार ५ सय ८६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी चन्द्रप्रसाद कडरियाले भने ८ हजार ४५१ मत पाएका छन् ।
 



Author

थप समाचार
x