राजनीति

महानगरको पहिलो मत परिणाम सार्वजनिक

विराटनगरमा कांग्रेसका कोइराला मेयर र एमालेकी शिल्पा उपमेयर

इकागज |
जेठ ७, २०७९ शनिबार ३:१४ बजे

काठमाडौं–विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका उनी ३० हजार १ सय ७० मत ल्याउँदै महानगरको मेयर पदमा विजयी बने ।

शनिबार बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारलाई पराजित गरेका हुन् । नागेशले एमालेका उम्मेदवार सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापाले २१ हजार ४ सय ५५ मत पाए । 


त्यसैगरी, उपमेयरमा एमालेकी शिल्पा निरौला कार्की विजयी भइन् । २५ हजार ६ सय ८० मत ल्याउँदै प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अमरेन्द्र यादवलाई उछिनिन् । यादवले १४ हजार २ सय १९ मत पाए । 
 


Author

थप समाचार
x