राजनीति

भरतपुर महानगर : ८३ हजार बढी मत गन्दा कसले कति पाए ?

इकागज |
जेठ ७, २०७९ शनिबार २३:१ बजे

चितवन – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार ९ सय ३९ मतले अग्रता लिएकी छन् । हालसम्म ८३ हजार १ सय ११ मतगणना हुँदा उनले ३२ हजार ५ सय ३९ मत प्राप्त गरेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५ हजार ५ सय ८० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार २ सय ९९ मत पाएका छन् ।


त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३४ हजार ९ सय ३४ र राप्रपाकी हिमला गुरुङले २० हजार ३१ मत  प्राप्त गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार महानगरको १४ वडासम्मको मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा १५ र १६ को मतगणना जारी छ । महानगरमा २९ वडा छन् । कुल १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । जम्मा मतदाताको ६८ दशमलव ६८ प्रतिशत मत खसेको थियो ।   


Author

थप समाचार
x