राजनीति

मेयर नहुँदै बालेनको घोषणा : नेपाली फिल्मको २ प्रतिशत स्थानीय कर मिनाहा

इकागज |
जेठ ९, २०७९ सोमबार १८:३० बजे

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । हालसम्मको नतिजा अनुसार स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाहको अग्रता सुरुआत देखि नै कायम छ ।

कलाकारबाट राजनीतिमा उदाउँदै गरेका बालेनको जित लगभग पक्काजस्तै देखिएको छ । तर, उनले मेयर पद जित्नुअघि नै घोषणा गरेका छन् । आफू मेयर भए महानगरले एक वर्षसम्मका लागि २ प्रतिशत कर मिनाहा गर्ने उनले बताएका हुन् ।


उनले यो घोषणा सार्वजनिक कार्यक्रममै गरेका हुन् । फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका उनले यस्तो घोषणा गरे ।

अझ अर्काे रोचक त के थियो भने उनी सामू चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नै माग राखेका हुन् । बालेन निकटतम प्रतिष्पर्धी भन्दा निकै अगाडि छन् । तर उनी मेयर घोषणा भइसकेका छैनन् ।

उनले २ प्रतिशत कर मिनाहा गर्छु भनेको मेयर भएँ भने भनेका छन् । कार्यक्रममा पुगेका बालेनले  नेपाली कलालाई अन्तरराष्ट्रियस्तरमा लैजानुपर्ने बताए ।
आज सार्वजनिक गरिएको  फिल्म चिसो मान्छे असार ३ गते रिलिज हुन्छ । यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । 


Author

थप समाचार
x