राजनीति

पाल्पाका ६ पालिकामा एमाले, ३ मा कांग्रेस र एकमा माओवादी केन्द्र

इकागज |
जेठ ९, २०७९ सोमवार २०:५३ बजे

काठमाडाैँ – पाल्पाको १० पालिकामध्ये प्रमुख पदमा ६ पालिकामा नेकपा (एमाले) विजयी भएको छ । तीन पालिकामा नेपाली कांग्रेस र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । 

निस्दी, पूर्वखोला, माथागढी, बगनासकाली, रम्भा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र तिनाउँमा अध्यक्ष पदमा एमाले निर्वाचित भएको छ । निस्दी र पूर्वखोलाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा एमालेकै प्यानल विजयी भएको छ । कांग्रेसले रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुख, तानसेन नगरपालिकाको प्रमुख, रैनादेवीछहरा गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको छ । तिनाउँ र रिब्दिकोट गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । 


यसपटक पाल्पाका दुई नगरपालिकामा कांग्रेसले विजय हासिल गरेको छ । माथागढी र बगनासकाली अघिल्लो निर्वाचनमा जितेका पालिका कांग्रेसले गुमाउनु परेको छ । 

नेकपा (माओवादी केन्द्र)ले रिब्दिकोट गाउँपालिकाको अध्यक्ष र तानसेन नगरपालिकाको उपप्रमुख र रैनादेवीछहरा गाउँपालिकाको उपाध्यक्षमा जितेको छ । यस पटक पनि जिल्ला समन्वय समिति एमालेकै नेतृत्वमा बन्ने अवस्था देखिएको छ । 


Author

थप समाचार
x