राजनीति

मूल्यवृद्धिको विरोधमा हेटौंडामा प्रदर्शन

इकागज |
जेठ ९, २०७९ सोमवार २०:५६ बजे

मकवानपुर – पछिल्लो समय सरकारले हप्तैपिच्छे मूल्यवृद्धि गरेको भन्दै हेटौंडा-९ मा विरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ९ वडा कमिटीले सोमबार बिरोध प्रदर्शन गरेको हो ।

सोमबार साँझ हेटौंडा-९ स्थित गुम्बा चोकमा युवा तथा महिलाहरुको उपस्थितिमा विभिन्न नारासहितको पम्प्लेटसहित प्रदर्शन गरिएको थियो । प्रदर्शनको क्रममा ग्यास, पेट्रोल, डिजेल, खानेतेल लगायतका बस्तुमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने, हर-प्रकारले असफल रहेको परमादेशी सरकारले तुरुन्त राजिनामा दिनुपर्ने, जनताको ढाड सेक्ने काम बन्द गर्नुपर्ने तथा लिपुलेक, लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गर्नुपर्ने लगायतका माग गरिएको थियो ।


हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मूल्यवृद्धिको विरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य नरेन्द्र भण्डारीले आग्रह गरे ।

राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ९ वडा कमिटी अध्यक्ष बिबेक दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । यस्तै मूल्यवृद्धिको विरुद्धमा मंगलबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पनि राष्ट्रिय रुपमा एकसाथ बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।


Author

थप समाचार
x