भरतपुरकाे उपमेयरमा चित्रसेनको जित सुनिश्चित

चितवन — भरतपुर महानगरपालिकामा ११ हजार १७३ मत गन्न बाँकी रहँदा नै उपमेयरमा चित्रसेन अधिकारीकाे जित सुनिश्चित देखिएको छ । अधिकारीले गन्न बाँकी मतभन्दा पनि बढीको मतान्तर बनाएका छन् ।
उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत आएको छ । त्यस्तै अधिकारीले ४७ हजार ८ सय ७५ मत प्राप्त गरेका छन् ।
अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर कायम भएको हुँदा उपमेयरमा अधिकारी पक्का भएका छन् ।
भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहे पनि एक लाख २७ हजार ८३९ ले मतदान गरेका थिए । हालसम्म एक लाख १६ हजार ६६६ मत गणना भएर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया