राजनीति

मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने

इकागज |
जेठ १०, २०७९ मंगलबार ५:२२ बजे

काठमाडौँ- पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरूले संयुक्त आन्दोलन गर्ने भएका छन् । सोमबार बसेको विद्यार्थी संगठनहरूको बैठकले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

विद्यार्थी संगठनहरूले जनताको प्रयक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजनाका निम्ती कर थोपरेका कारण जनताले वास्तविक मूल्य भन्दा बढी तिर्नुपरिहेको बताएका छन् ।


नेपाल आयल निगमभित्र चुहावट, भ्रष्टाचार र कमिसनको बढ्दै गइरहेको बताउँदै विद्यार्थी संगठनहरूले त्यसलाई न्यूनिकरण गर्न र मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेका हुन् । उनीहरूले खाद्यान्नमा भइरहेको मूल्य वृद्धिबारे पनि सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै समयमै पाठ्य पुस्तक नपाउँदा विद्यार्थीहरुको पठनपाठनमा असर परेकाले तत्काल पाठ्य पुस्तक उपलब्ध गराउन समेत माग गरेका छन् ।


 


Author

थप समाचार
x