राजनीति

यस्ता छन् मोहन्याल गाउँपालिका अध्यक्षले गरेका पहिलो सात निर्णय

इकागज |
जेठ ११, २०७९ बुधबार १९:५१ बजे

काठमाडौँ - मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले पदभार ग्रहण गरेका छन् । बुधबार पदभार ग्रहण गर्दै उनले विभिन्न सात वटा निर्णय गरेका छन् । 

जनयुद्धकालीन घाइते, अपाङ्गहरूको परिचय पत्रका आधारमा उपचार व्यवस्था मिलाउने उनले पहिलो निर्णय गरेका छन् । त्यस्तै सहिद बेपत्ता, द्वन्द्वपीडित र विपन्न परिवा/का जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न एक छात्रा र एक छात्रलाई कोटा निर्धारण गर्ने निर्णय गरेका छन् । 


निःशुल्क बालि तथा पशुपन्छी बीमा कार्यक्रम लागू गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमै गइ वितरण गर्नेलगायत सात निर्णय उनले गरेका छन् । सडक सन्जाल नजोडिएका सबै ठाउँमा सडक विस्तार गर्ने र सुगरखाल र पण्डौन स्वास्थ्य चौकीलाई १५ शय्याकाे अस्पतालमा विकसित गर्ने र भूमिहिन, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने निर्णय गरेको उनले जानकारी दिए ।


Author

थप समाचार
x