राजनीति

१४ तस्बिरमा बालेनको विजय र्‍याली

अनुज बज्राचार्य |
जेठ १३, २०७९ शुक्रवार ९:८ बजे

तस्बिर : अनुज बज्रचार्य/इकागज

काठमाडौँ- काठमाडौँ महानरपालिकाको नवनिर्वाचित बालेन शाहको विजय र्‍याली सुरु भएको छ । मत परिणाम घोषणा भएपछि राष्ट्रिय सभागृहबाट सुरु भएको र्‍याली काठमाडौँ एक फन्को घुमेर खुलामञ्‍चमा पुगेर धन्यवाद सभा गरिने बताइएको छ ।


राष्ट्रिय सभागृहबाट सुरु भएको र्‍याली भद्रकाली-त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुलीबजार-युएनपार्क कोरिडोर- शान्तिनगर-तीनकुने-कोटेश्वर-जडिबुटी-पेप्सीकोला क्षेत्रमा पुग्ने बताइएको छ ।

त्यस्तै सिनामंगल-एअरपोर्ट-तिलगंगा-गौशाला-चावहिल-महाराजगञ्ज-सामाखुसी-नयाँ वसपार्क-बालाजु-स्वयम्भू-सीतापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालिमाटी-टेकु-सुन्धारा पुग्‍नेछ ।

मत परिणाम घोषणापछि बोल्दै नवनिर्वाचित मेयर शाहले काठमाडौँलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने घोषणा गरे । उनले काठमाडौँलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धता जनाए । नवनिर्वाचित मेयर साहले विजयलाई नयाँ कार्यको थालनीको रुपमा लिएको बताए । उनले अबको ५ वर्ष आफ्ना कार्ययोजनालाई पूर्ण गर्ने बताए ।

नवनिर्वाचित मेयर साहले भने, ‘शुरुवातको रुपमा लिएका छौं । यो हाम्रो विजय मात्र नभइ कार्यको सुरुवात हो । अबको ५ वर्षमा कार्ययोजनालाई पूर्ण रुपमा कार्य सम्पन्न गर्नेछौँ । काठमाडौँलाई परिवारको रुपमा लिएका छौँ । विश्वकै सुन्दर सहर बनाउनका लागि सहकार्य गर्नेछौँ ।’

काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित साहले ६१ हजार ७६७ मत प्राप्त गरेका छन् । त्यस्तै उनका प्रतिद्वन्दी गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जन सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x