राजनीति

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

इकागज |
जेठ २२, २०७९ आइतबार १७:५८ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । 

आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए । 


यसैगरि उनीहरुबीच नागरिकतालगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा समेत छलफल भएको छ । 


Author

थप समाचार
x