राजनीति

आगामी निर्वाचनमा जनताको चाहना अनुसार अगाडि बढ्नेछाैं : विप्लव

इकागज |
असार ८, २०७९ बुधबार १६:३४ बजे

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आउने निर्वाचनमा जनताको चाहना अनुसार अगाडि बढ्ने बताएका छन् । अछामको मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

उनले आगामी निर्वाचन संसदीय व्यवस्था र जनताका अवस्था परिवर्तनका लागि भएकाले निर्वाचनप्रति आफू लचक रहेको बताए । ‘तर पार्टी नै दर्ता गरेर चुनावमा जाने विचार छैन’, उनले भने । ‘जनताको चाहना अनुसार अगाडि बढ्छौं ।’


विप्लवले संसदीय व्यवस्थाभन्दा समाज रुपान्तरण र स्वाधीनतासँगै वैज्ञानिक समाजवादका पक्षमा आफूहरु रहेको बताए । उनले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नु पर्ने आफ्नो सोचाइ रहेको बताए ।


Author

थप समाचार
x