राजनीति

मूल्यवृद्धि र कालोबजारीविरुद्ध एमालेका २२ संगठनले संयुक्त आन्दोलन गर्ने

इकागज |
असार ९, २०७९ बिहीबार १६:५८ बजे

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको २२ संगठनले अस्वभाविक मूल्यवृद्धि, मल अभाव, इन्धनको मूल्यवृद्धि, कालोबजारी, पुस्तक अभावलगायत विभिन्न जनसरोकारसँग सम्बन्धित मुद्धमा सडक आन्दोलन गर्ने निर्णय गरेको छ । जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले यी मुद्धामा आन्दोलन गर्न जनसंगठनलाई निर्देशन दिएको हो । 

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आन्दोलन देशव्यापी रुपमा गर्ने जानकारी दिएकी छन् । ‘एमालेका २२ वटा जनसंगठनहरू छन् । त्यसमध्ये अनेरास्ववियुलगायत केही संगठनहरु अहिले पनि विरोधमै छन् । अब सबै संगठनहरुले संयुक्त रुपमा आन्दोलन गर्ने भन्ने आज निर्णय भएको छ,’ इकागजसँग उनले भनिन् । 


उनले मूल्यवृद्धिका कारण नागरिकहरुको अवस्था झन्झन् नाजुक हुँदै गइरहेको बताइन् । 

 


Author

थप समाचार
x