राजनीति

राजनीतिबाट पलायन नहुनका लागि एमालेसँग विद्रोह : माधव नेपाल

इकागज |
असार ११, २०७९ शनिबार १४:४४ बजे

फाइल तस्वीर

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन् । 

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले गठबन्धनप्रति आफूहरुको धेरै गुनासो रहेपनि आफ्नै कारणले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका हुन् । उनले आगामी निर्वाचनमा समेत गठबन्धन दलले यसअघिका कमजोरी हटाएर मिलेरै जाऔ भनेकाले कमजोरीहरु दोहरिन नदिन आफै सचेत हुनुपर्ने धारणा राखे । 


अहिलेको अवस्थामा गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागि पर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ । २७÷२८ प्रतिशत ठाउँमा मात्र उम्मेद्वारी दिदा पनि ९ लाखभन्दा पनि बढी मत प्राप्त गरको भन्दै अध्यक्ष नेपालले छोटो समयमा नै जनताको समर्थन पाएको दावी गरे । उनले एमालेबाट विद्रोह नगरेको भए दास बन्ने वा राजनीतिबाट पलायन हुने अवस्था देखिएको बताए । 

त्यस्तै अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्र सुधार र भ्रष्टचार नियन्त्रणमा सरकारको विशेष ध्यान दिनुपर्ने बताए । अहिले भ्रष्टाचार बढिरहेकोबारे गठबन्धनको बैठकबाट सरकारको ध्यानाकर्षण गराइएको उनले बताए । 


Author

थप समाचार
x