राजनीति

राजनीति व्यवसाय  बनेको छ : अध्यक्ष केसी

इकागज |
असार ११, २०७९ शनिबार १६:२२ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताएका छन् ।

सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउने गरी अघि बढाएको उल्लेख गर्दै अध्यक्ष केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरे । रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नागरिकतासम्बन्धी विद्येयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भए सरह हुने दाबी गरे ।


केसीले नागरिकले नागरिकता पाउने विषयमा आफूहरूको विरोध भने नरहेको स्पष्ट पारे । केसीले वंशजको नागरिकता दिनका लागि आमा पनि वंशज र बुवा पनि वंशज हुनुपर्ने आफूहरूको अडान रहेको धारणा राखे । उनले नेपालमा राजनीति गर्ने भनेको जनता र देशको पक्षमा काम गर्ने भन्दा पनि राजनीति अहिले व्यवसाय भएको टिप्पणी गरे ।

अध्यक्ष केसीले अहिलेको पाँच दलीय गठबन्धन आगामी संसद्को निर्वाचनसम्म नै कायम गरिने स्पष्ट पारे । अमेरिकाको एसपीपी कार्यक्रम अस्वीकार गर्नेबारे नेपालका दलले लिएको निर्णय स्वागतयोग्य रहेको उनको भनाइ छ । 


Author

थप समाचार
x