चुनावी-चर्चाबीच राजदूतले भने : यहाँको मेरो दुई वर्ष, हर्ष नै हर्ष
काठमाडौँ : कूटनीतिक नियोगले केही खास सञ्चार माध्यमलाई बोलाएर आफ्नो सन्देश दिन्थे, विगतमा । त्यसलाई प्रविधिले परिवर्तन गरिदिएको छ । प्रविधिको प्रयोग गर्दै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले आफ्नो दुई वर्षे नेपाल बसाइको सन्देश दिएका छन् । उनले यसपटक अमेरिकी निर्वाचनको तामझाम कमलादीस्थित निवासमा गर्न सकेनन् । त्यसको कारण थियो, कोभिड-१९ ।
दुई प्रतिस्पर्धी राष्ट्रपतिको पूर्णकदको डमी राखेर ‘मक भोट’ गरिन्थ्यो । हात्ती र गधाको ब्याज बाँडिएको हुन्थ्यो, हरेक निर्वाचनमा । तर, त्यो सबै विगतझैँ बनायो, यो कोभिड १९ ले । दूतावासमा नै कार्यरत समेत घरम बसेर भर्चुअल कुराकानी मात्र गरिरहेका छन् । यो समयमा राजदूत बेरीले पनि आफू आएको दुई वर्ष पूरा भएकामा नेपालको प्रशंसा गर्दै एक भिडियो सन्देश सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् ।
राजदूतका रूपमा नेपालमा काम गर्न पाउनुलाई आफ्नो अहोभाग्य भनेका छन् । कुनै बेला पर्यटकका रूपमा यहाँ आउँदा त्यो नै आफ्नो नेपालको एक मात्र भ्रमण होला भन्ठानेको समेत उनले भिडियोमा स्मरण गरेका छन् । ‘मेरो अहोभाग्य नै हो, नेपाल अब मेरो जीवनकै एक अंश बन्न पुगेको छ,’ राजदूतले भिडियोमा भनेका छन् ।
I’ve had plenty of time these past few months to reflect on events in Nepal since I arrived here 2 yrs ago. Looking forward to the next year w/ greater opportunities to see more of Nepal, try new foods, & learn more! Here are some of my best memories! 🙏 @USEmbassyNepal pic.twitter.com/kWfTpNInwM
— Ambassador Randy Berry (@USAmbNepal) November 9, 2020
उनले एक दशकअघि नेपाली दूतावासमै काम गर्ने मौका पाएको र दुई वर्षदेखि नेपालमै राजदूतका रूपमा काम गर्न पाउँदा आफूलाई सुन्दर मुलुकसँग सम्बन्ध विस्तार गर्ने भाग्यमानी व्यक्ति ठानेको उनले बताएका छन् । ‘मैले आफ्नो मुलुकबाहेक सबैभन्दा बढी समय अर्को मुलुकमा बिताएको नेपाल नै हो । यसो भन्न पाउँदा आफूलाई गर्व लाग्छ,’ उनले भनेका छन् ।
आफ्नो दुई वर्षे नेपाल बसाइको स्मरण गर्दै अमेरिकी राजदूतले भने, ‘मैले आफ्नो मुलुकबाहेक सबैभन्दा बढी समय बिताएको मुलुक नेपाल नै हो ।’
नेपालको विभिन्न स्थानका फोटो खिचेर पोस्ट गर्ने, यहाँका चाडबाडको फोटोहरू समेत अपलोड गर्ने राजदूतले सन्देशमा भनेका छन्, ‘चाड मनाउन र यहाँका मौलिक खानाहरूको स्वाद लिन मलाई निकै मन पर्छ ।’ उनले आफू हिमालय क्षेत्रको भ्रमण गर्दा पनि निकै रमाउने गरेको बताएका छन् ।
पोखरा, मुक्तिनाथ, लोमान्थाङ, चितवन, जनकपुर जस्ता ठाउँको भ्रमण गरेको उल्लेख गर्दै उनले त्यस्ता क्षेत्रको भ्रमणले त्यहाँको संस्कृति-प्रकृतिको विविधतालगायत धेरै विषय सिक्न पाउने उनले व्यक्त गरेका छन् । हनुमान ढोका, पाटन दरबार क्षेत्र, हनुमान ढोका, लुम्बिनी, बौध्दजस्ता ठाउँहरूको अवलोकन गर्नु सधैँ आफ्नो प्राथमिकतामा पर्ने उनले बताएका छन् । हुन पनि अमेरिकी सहयोगमा यस्ता पुराना क्षेत्रको पुनःस्थापना र जगेर्ना गर्ने काम भएको छ । यो वर्ष कोभिड–१९ का कारण आफ्ना धेरै योजना यसै थन्केको पनि उल्लेख गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया