राजनीति

अबको निर्वाचनमा २० लाख मत पाउन सबै ठाउँमा उम्मेदवार उठाइन्छ : नेपाल

इकागज |
असार १३, २०७९ सोमबार १५:२८ बजे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताएका छन् ।

सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताएका हुन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र ९ लाख मत प्राप्त गरेको उल्लेख गरे । उनले आगामी निर्वाचनमा २० लाख मत प्राप्त गर्नका लागि सबै ठाउँमा उम्मेदवार उठाउनुपर्ने बताए । 


अध्यक्ष नेपालले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अधिकतम सफलता हासिल गर्न ध्यान दिन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टीको समानुपातिक मत बढाउनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको सबै सिटमा अहिलेदेखि नै उम्मेदवार तयार गरेर राख्नुपर्नेमा उनले जोड दिए । 

अध्यक्ष नेपालले विश्व शक्ति राष्ट्रहरुका बीचमा द्वन्द्वका खतराहरु देखिएको भन्दै त्यसमा नेपाल सजग हुनुपर्ने बताए ।  उनले पार्टीको काममा सक्रियतापूर्वक लाग्न र गरेका कामको प्रचार–प्रसार गर्न निर्देशनसमेत दिए  ।


Author

थप समाचार
x