राजनीति

एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णय अपरिपक्वः दिनानाथ शर्मा

इकागज |
असार १४, २०७९ मंगलबार १४:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिनानाथ शर्माले नेकपा (एकीकृत समाजवादी) को मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताएका छन् ।

मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले यस्तो बताएका हुन् । उनले ४/५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्‍चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने उल्लेख गरे । ३/४ महिनामा पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने काम नगरी देश र जनताको विकासका लागि काम गर्न आवश्यक रहेको सदस्य शर्माको जिकिर छ । उनले यस किसिमका पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहित गर्न आवश्यक रहेको औँल्याए ।


समाजवादीले मन्त्री फेर्ने निर्णय जनताले समेत स्वीकार नगरेको भएपनि मन्त्री फेर्न पाउने अधिकार पार्टीलाई भएको उनको भनाइ थियो । शर्माले नेकपा (माओवादी केन्द्र) मा भने मन्त्री हेरफेर सम्बन्धी कुनै छलफल नभएको पनि जिकिर गरे ।

केन्द्रीय सदस्य शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागिपरेको स्पष्ट पारे ।


Author

थप समाचार
x