राजनीति

राज्यमन्त्री विमला खत्रीले दिइन् राजीनामा

इकागज |
असार १५, २०७९ बुधबार १३:४२ बजे

बुटवल- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए ।

‘उहाँले आज मात्रै राजीनामा दिनु भएको हो । राजीनामाको पत्र मुख्यमन्त्री कार्यालय पुगिसकेको छ,’ बरालले भने । 


गत जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको राज्यमन्त्री खत्रीविरुद्ध किटानी उजुरी परेको छ ।

अभद्र व्यवहारको आरोपमा उजुरी परेपछि  छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ । उक्त समितिलाई छानबिनमा सघाउन भन्दै उनले राजीनामा दिएकी बताएकी छन् । 

खत्रीको राजीनामा पत्र मुख्यमन्त्री कार्यालयमा नपुगेको मुख्यमन्त्री कार्यालयका प्रवक्ता नरेन्द्रकुमार रानाले जानकारी दिए । ‘विषयवस्तुमा छलफल भएको छ, तर आधिकारिक राजीनामा आएको छैन,’ मुख्यमन्त्री कार्यालयले भन्यो । 

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले १२ असारमै  खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले सदनलाई जानकारी दिने बताए ।


Author

थप समाचार
x