राजनीति

फिलिपिन्सका राष्ट्रपतिको शपथ ग्रहणमा दौरा सुरूवाल र टोपी लगाएर पुगे विनोद चौधरी

इकागज |
असार १६, २०७९ बिहीबार १९:२८ बजे

काठमाडौँ-  फिलिपिन्सका नवनिर्वाचित राष्टपति बोङबोङ मार्कोसको शपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन् । 

बिहीबार राजधानी मनिलामा आयोजित भव्य समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् । 


नेपालका एक मात्र डलर अर्बपति चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तामा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको शपथ ग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत् एक्लो व्यक्ति हुन् ।

उनी नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र टोपी लगाएर शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । शपथ ग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए ।

नवनियुक्त राष्ट्रपतिलाई बधाइ दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र सुमधुर बन्‍ने विश्‍वास व्यक्त गरे । मार्कोस फिलिपिन्सका १७ औं राष्ट्रपति हुन् । मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन् ।


Author

थप समाचार
x