राजनीति

देउवाले पार्टीको नेतृत्व गर्न सकेनन् : चन्द्र भण्डारी

इकागज |
असार १६, २०७९ बिहीबार १९:२८ बजे

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताएका छन् ।

बिहीवार नेपाली काँग्रेसका नेता शेखर कोईराला पक्षधरको भेलामा सहभागी हुन पुगेका नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताएका हुन् । उनले सभापति देउवाले पार्टी विधान अनुसार काम गर्न नसकेको बताए। 


अन्य पार्टीले मन्त्रिपरिषद् हेरफेर गरेपनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्न समेत नसकेको उनले आरोप लगाए । उनले देउवा सत्तामा जाने राजनीतिका लागि सफल व्यक्ति भएको बताए। नेता भण्डारीले सभापति देउवाले गुटको प्रतिनिधित्व नगरी सिंगो पार्टीको प्रतिनिधित्व गर्नुपर्ने उनको भनाई छ । उनले नेता शेखर कोईराला पक्षीय नेताहरुको भेला गुटको भेला नभई विचारको भेला भएको जिकिर गरे । 

नेपाली काँग्रेसका नेता कोईराला पक्षीय नेताहरुको भेला बत्तिसपुतलीस्थित एक फुडल्याण्डमा जारी छ ।
 


Author

थप समाचार
x