राजनीति

विद्यार्थी नेता पञ्चा सिंह माओवादीको केन्द्रीय सदस्य

इकागज |
असार १९, २०७९ आइतबार १३:१४ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह पार्टीको केन्द्रीय सदस्य बनेकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज जारी केन्द्रीय समितिको बैठकमा उनले शपथसमेत लिइसकेकी छन् । विद्यार्थी नेता सिंहलाई मनोनित गरेपछि शपथ दिइएको हो ।

शपथपछि उनले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक शुरु, भरोसा र विश्वास सहित जिम्मेवारी प्रदान गर्नुहुने पार्टी नेतृत्वलाई हार्दिक धन्यवाद ।’



Author

थप समाचार
x