राजनीति

प्रधानमन्त्री देउवासँग प्रेस युनियन पदाधिकारीको भेट

इकागज |
असार १९, २०७९ आइतवार २१:२६ बजे

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पदाधिकारीले भेट गरी युनियनको आसन्न नवौँ महाधिवशेनका बारेमा जानकारी गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा आगामी साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने युनियनको महाधिवेशन तयारीलगायत विषयमा जानकारी गराएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । महाधिवेशनको उद्घाटन साउन ६ गते हुने र त्यसका लागि प्रधानमन्त्री देउवालाई भेटेर प्रमुख अतिथिका रुपमा निमन्त्रणासमेत गरिएको अध्यक्ष सिग्देलले बताए ।   


भेटमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, युनियनका अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्षद्वय ईश्वरी ओझा र बाला अधिकारी, कार्यवाहक महासचिव भीष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी सहभागी थिए ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट पहिलो सदस्य रहेको युनियनका देशभर ७५ जिल्ला शाखा, दुई जिल्ला उपशाखा, सात प्रतिष्ठान र दुई विदेशस्थित शाखा रहेका छन् । लोकतन्त्रवादी सञ्चारकर्मीहरूको साझा संस्था युनियनको नवौँ महाधिवेशनमा देशभरबाट करिब एक हजार ५०० केन्द्रीय पार्षद रहने बताइएको छ । 


Author

थप समाचार
x